
डडेल्धुरा । डडेल्धुरा जिल्लालाई आनिश्चितकालका लागि सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि जिल्लालाई शुक्रबार दिउँसो तीन बजेदेखि अनिश्चितकालका लागि सिल गरिएको हो ।
शुक्रबार बसेको जिल्ला सुरक्षा समिति बैठकले दिउँसो तीन बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सिल रिएगरिएको छ । बैठकले जिल्लाभित्र व्यापार व्यवसाय सञ्चालन गर्न, व्यक्ति तथा सवारी साधन आउजाउमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।
कोरोनाको उच्च जोखिमबाट जिल्लालाई बचाउनका लागि पनि अतिआवश्यक बाहेकका सेवा बन्द गरिएका छन् । खुकुलो लकडाउनले कोरोना संक्रमण बढ्ने खतरा भएकोले सिल गरिएको बताइएको छ ।
अहिलेसम्म डडेल्धुरामा १ सय २८ जना कोरोना संक्रमित भेटिएका छन् ।









