चितवनमा भेटियो सुनजस्तै धातु, स्थानीय प्रशासनद्धारा सो क्षेत्र सुरक्षित


चितवन । चितवनमा सुनजस्तै धातु भेटिएको छ । जिल्लाको कालिका नगरपालिका १ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँको बालुवामा सुनको जस्तो कण भेटिएको हो ।

सुनजस्तै कण भेटिएपछि काम रोकेर स्थानीय प्रशासनले सो क्षेत्रलाई सुरक्षित राखेको छ । उक्त ठाउँको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

बोरिङ खन्दा आएको बालुवामा सिसा बनाउन प्रयोग हुने धातु सिलिका जस्तो पहँेला कणहरु देखिएका छन् । हाल एक सय ६० फिट तल बोरिङ खन्दै गर्दा बालुवामा पहँेला कणहरु देखिएका हुन् ।

यो विषयमा स्थानीय प्रशासनले गृहमन्त्रालयमा पत्राचार गरेको छ । थप अध्ययनपछि के हो भन्न सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार