काठमाडौं । विश्व एड्स दिवसका अवसरमा प्रधानमन्त्री केपी ओलीले एचआइभी संक्रमितमहरु सबैले उपचार सेवा पाउनुपर्ने बताएका छन ।
दिवशको अवसरमा सन्देशमा जारि गर्दै प्रधानमन्त्री ओली एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउने कार्यमा सबैको सहयोग आवश्यक रहने बताए ।
३१ औं विश्व एड्स दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सबै संक्रमितहरुमा यो सेवा पुर्याउन सरकारका स्वास्थ्य निकाय र एड्सविरुद्ध कार्यरत सबै संस्थाहरुलाई जारि सन्देश मार्फत आग्रह समेत गरेका छन ।
दिगो विकासका लक्ष्यहरुले स्वस्थ्य मानव समाजको परिकल्पना गरेको जानकारी दिदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुतगतिमा अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।
एचआइभी एड्स रोकथामका लागि सरकारी तथा गैर सरकारी निकायबाट विभिन्न प्रयासहरु भइरहेको भएपनि बर्षेनी संक्रमितहरुको सख्या बढ्दैछ । बिशेषगरि, रोजगारका लगि विदेशिनु पर्ने बाध्यता र स्वास्थ्यप्रतीको लापरवाहीकारण संक्रमितहरुको सख्या बढ्दै गइरहेको यससंग सम्बन्धित संघ संस्थाहरुको अनुभव छ । जसलाई रोक्न सकेमात्रै एचआइृभी एड्सको समस्या नेपालमा कम भएर जानेछ ।