
कैलाली । क्वारेन्टिनबाट घर फर्किएका एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको लम्की चुहा नगरपालिका-७ का ३६ वर्षीय पुरुष रहेका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार स्थानिय बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा बसेका युवकको हिजो आरडिटी रिर्पोट नेगेटिभ आएपछि उनलाइ घर पठाइएको थियो। युवक केहि दिन अघि भारतबाट आएर १३ दिन क्वारेन्टाइनमा बसेका थिए ।










