वालुवाटारमा प्रहरीको लाठीचार्जबाट कांग्रेसकी सांसद घाईते


काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास वालुवाटारमा बुधबार गरिएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा काँग्रेसकी सांसद लक्ष्मी परियार घाइते भएकी छन् । घाइते सांसद परियारको प्रहरीको लाठी लागेर बाँया हातका तीनवटा औंला भाँचिएका छन् । उनको ट्रमा सेन्टरमा उपचार गर्दै हातमा पट्टी र औषधी गरेर अस्पतालबाट केहिबेरअघि डिस्चार्ज गरिएको अधिकारकर्मी तथा जनता समाजवादीका नेता दलमर्दन कामीले जानकारी दिए ।

रुकुम सोती नरसंहारका दोषी नउम्किउन र हदैसम्मको कारवाही होस भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका बेला प्रहरीले लाठीचार्ज गर्दा उनि घाइते भएकी थिइन । प्रहरीले डेढ दर्जन प्रदर्शनकारीलाई पक्राउ गरी छोडेको छ ।

संयुक्त राजनितीक दलित संघर्ष समितिले रुकुम सोती लगायत हालै देशमा भएका अन्य दलित सम्बन्धि घटनाका दोषीहरुलाई कारवाहीको माग गर्दै काठमाडौं लगायत देशैभरी विरोध प्रदर्शन गर्दै आएको छ ।

जसअनुसार आज दोस्रो चरणको दोस्रो दिनमा वालुवाटारमा धर्ना दिदैं प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो ।
संघर्ष समितिले दोषीलाई हदैसम्मको कारवाही नुहाँदासम्म विरोध प्रदर्शन जारी राख्ने बताएका छन् ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री निवास वालुवाटारबाट डेढ दर्जन प्रदर्शनकारी पक्राउ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार