चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजमको उपाधी एलिशा र विवेकले हात पारे

कैलाली । चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिजम सम्पन्न भएसंगै त्यसको उपाधी एलिशा गौतम र विवेक जोशीले हात पारेका छन।

अप इन्टरटेनमेन्ट इन्टरनेसनल प्रालिको आयोजनामा शनिबार धनगढीमा सम्पन्न फाइनल प्रतिस्पर्धामा उपाधीसंगै एलिजालेले स्कुटी र विवेकले मोटरसाइकल उपहार पाएका छन ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा अभिनेता राजेश हमाल, अभिनेत्री सञ्चिता लुइँटेल, मिस एशिया प्यासिफिक चन्द्रा थापा गिरी, गोपाल सुन्दरलाल कक्षपति निर्णायक थिए ।

प्रतियोगितामा महिला र पुरुष तर्फ फस्ट रनरअप क्रमशः जेनिफर वेद र प्रशान्त खड्का घोषित भए । सेकेण्ड रनरअपको उपाधी असुति सिंह र सन्तोष ओझाले प्राप्त गरेका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार