
काठमाडौं । सुदुरपश्चिम प्रदेशमा एकैदिन २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८६ पुगेको छ ।
शुक्रबार डोटीका ७१, कञ्चनपुरका ४२, कैलालीका ३८, बाजुरा र बैतडीका २७र२७, बझाङका नौँ, दार्चुलाका तीन र अछामका एक गरी २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका एक, बैतडीका २५, बाजुराका २७, बझाङका ९, दार्चुलाका ३, डोटीका ४६, कैलालीका ३०, कञ्चनपुरका ४२ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी चितवनमा भएको परीक्षणमा कैलाली १ पुरुषमा कोरोना देखिएको छ ।
यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । डोटीका २५, कैलालीका ७, बैतडीका २ र कञ्चनपुरका १ जनामा कोरारोना देखिएको हो ।










