
बैतडी । बैतडीको एक क्वारेन्टिनमा खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ । मुत्यु हुनेमा दशरथचन्द नगरपालिका ४ का ५० वर्षीय पुरुषको मृत्यु रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
शुक्रबार राति घरमै बिरामी भएका उनको शनिबार बिहान मृत्यु भएको बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
उनकाअनुसार ति पुरुष स्थानिय जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा रहेकाहरुलाई खाना पकाउने काम गर्दै आएका थिए ।
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र रिर्पोट आएपछि शवको व्यवस्थापन गरिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।










