पहिरोमा पुरिएर दार्चुलामा २ जनाको मृत्यु, पाँच घाइते


दार्चुला । पहिरोमा पुरिएर दार्चुलामा २ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा पहिरोले घर पुरिएर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एकै घरमा चार वर्षीय छोरा सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महता रहेका छन् । पहिरोमा अन्य ५ जना  घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । लगातार परेको पानीले  आइतबार राति जलविद्युतको नहर भत्किँदा पहिरो गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार