
बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरामा थप दुई जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका ४ को क्वारेन्टिमा खटिएका र जगन्नाथ गाउँपालिका १ को क्वारेन्टिनमा रहेको दुई जनामा संक्रमण देखिएको हो ।
उनीहरुलाई क्वारेन्टिनबाटै संक्रमण भएको हुन सक्छ जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । संक्रमित दुवै जनालाई अहिले आइसोलेसनमा राखेर उपचार सुरु भइसकेको छ ।
उनीहरुलाई धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना क्रमण देखिएको बताइएको छ ।
यसअघि कञ्चनपुरका तीन, बाजुरा र अछामका एक र एक जना सुरक्षाकर्मीमा कोरोना देखिएको थियो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण देखिएका सुरक्षाकर्मीको संख्या सात पुगेको छ ।










