आज राती १२ बजेबाट लागु हुनेगरी पेट्रोलको मूल्य बढ्यो,कुन ठाउँमा कतिमा पाइने ?


काठमाडौँ । आज राती १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

निगमको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैया, डिजेल र मटितेलमा २र२ रुपैयाँ बढेको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राखेको छ ।

अब पेट्रोल, डिजेल र मट्टीतेल कुन ठाउँमा कति मुल्य पर्नेछ ?
नयां खुद्रा मूल्य समायोजनपश्चात् देशका विभिन्न ठाउँमा मुल्यदर तोकिएको छ । थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मटितेल ८७ रुपैयाँ पर्नेछ ।

त्यसैगरी पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय ५० पैसा, डिजेल ८६ रुपैयाँ ५० पैसा र मटितेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।

चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मटितेल ८५ रुपैयाँ ५० पैसा पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार