
काठमाडौं । अमेरिकामा एकैदिन ५२ हजार बढी कोरोना संक्रमित भेटिएका छन् । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५२ हजार ९ सय ८२ थप कोरोना संक्रमित भेटिएका हुन् ।
यससँगै अमेरिकामा अहिलेसम्म कोरोना संक्रमितको संख्या २६ लाख ८२ हजार २ सय ७० पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एक लाख २८ हजार २८ जनाले ज्यान गुमाएका छन् ।









