नदीमा पानीको बहाव बढ्दा कैलालीमा ३७ घर डुवानमा


कैलाली । कैलालीको दक्षिणी क्षेत्रमा ३७ घर डुवानमा परेका छन् । वर्षासँगै नदीमा पानीको बहाव बढेपछि घर ढुवानमा परेका हुन् ।

ढुवानमा पर्नेमा जोशीपुर गाउँपालिकाका २० घर, बर्दगोरिया गाउँपालिकाका १६ घर र घोडाघोडी नगरपालिकाको १ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

स्थानीय खोलामा पानी बढेपछि घर भित्रै पानी पसेर क्षति समेत पुर्याएको स्थानीयले बताएका छन् । उक्त क्षेत्रका बढी ढुवानमा परेका परिवारको उद्धार गरिएको छ ।

बस्तिमा पसेको पानीले केही स्थानीयका चौपाया र एक माछा पोखरी समेत बगाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार