
बझाङ । लगातारको वर्षापछि शुक्रबार राति पहिरो जाँदा बझाङमा १७ वटा घर पुरिएका छन् । पहिरोले जिल्लाको केदारस्युँ गाउँपालिका ८ मल्लेसीका १७ घर पुरिएको स्थानीयले बताएका छन् ।
उद्धारका लागि गाउँपालिकाको टोलीसहित प्रहरी र स्थानीय घटनास्थल तर्फ गइरहेका छन् । तर, भारी वर्षाका कारण पहिरोसँगै खोलामा पानीको वहाब पनि बढेकाले उद्धारमा समस्या भइरहेको पालिकाले जनाएको छ ।
घटना स्थलमा कोही पनि जान नसक्ने अवस्था भएपछि अहिले उनीहरुको उद्धारका लागि गाउँपालिकाले हेलिकोप्टर मगाउन प्रकिया सुरु गरेको छ । पहिरोमा कति वेपत्ता भए भन्ने एकिन जानकारी नभएपनि ७ देखि ८ जना वेपत्ता भएको हुनसक्ने अनुमान गरिएको छ ।
धेरै घर पुरिएकाले स्थानीयले मात्रै उद्धार गर्न सम्भव छैन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।










