
बझाङ । बझाङको मल्लेसि पहिरो उद्धारका लागि जाँदा गाडी दुर्घटनामा परी घाइते भएका सेनाका जवानलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ ।
शनिवार बिहान त्यसतर्फ उद्धार गर्न गएको सेनाको गाडी सडकमा पल्टिदा घाइते सेनाका जवान सिकेन्द्र चलाउनेलाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उनको ढाडमा चोट देखिएकाले थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकृत प्रहरी निरिक्षक लोकेन्द्र सिंंह कार्कीले अनमोलपोस्टलाई जानकारी दिए ।
उनकाअनुसार दुर्घटना परी सेनाका जवान राजु कुमाल र मिन बहादुर शाही सामान्य घाइते भएका छन् । उनीहरुको देउलेख स्थास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरिक्षक कार्कीले बताए ।
जिल्ला प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखसहितको टोली पनि घटनास्थल गएको छ । बाटो अवरुद्ध भएका कारण जानमा कठिनाई भइरहेको उनले बताए ।










