
बझाङ । गएराती बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ भने १ जना अझै बेपत्ता छन् ।
अविरल बर्षासंगै आएको पहिरोले घर पुर्दा स्थानिय ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग, ७ वर्षीय छोरी अस्मीता, १५ वर्षीया छोरी शान्ति, र सोही ठाउँका ८० वर्षीय दले जेठारा, स्थानीय नवराज जेठाराकी छोरी १४ वर्षीय सन्तु जेठाराको शव फेला परेको सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश एसएसपी सिंहले बताएका छन् । पहिरोमा २० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता छन् ।
पहिरोले १८ घर पुरेको छ। जिल्लाबाट खटिगएको सुरक्षाकर्मीको उद्धार टोली उद्धार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।










