अनुशासन उल्लंघन गरेको आरोपमा कांग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निस्काशित

काठमाडौं । नेपाली काँग्रेसका महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन गरिएको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लंघन गरेको भन्दै मल्ललाई ५ बर्षका लागि पार्टीबाट निस्काशन गरेको हो ।

बाँके जिल्लाका मल्लले नेपाली काँग्रेस पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको समितिको ठहर छ । कांग्रेसले एक विज्ञप्ति जारी गरी उनलाई कारवाही गरेको जानकारी गराएको छ ।

पार्टीले विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) बमोजिम पार्टीको अनुशासन उल्लघंन गरेकोले विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा ८ (ङ) अनुसार ५ वर्षका लागि पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको जनाएको छ ।

कांग्रेसले जारी गरेको विज्ञप्ति

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार