
चितवन । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले चितवनमा बाढीपहिरोले क्षति पुर्याएको क्षेत्रको अवलोकन गरेका छन् । शनिबार चितवन पुगेर अध्यक्ष प्रचण्डले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका हुन् ।
भरतपुर महानगरपालिकाको वडा नम्बर २७ र २८ को सिमानामा पर्ने निउरे चोक क्षेत्रको अध्यक्ष प्रचण्डले स्थलगत निरीक्षण गरेका छन् । कटान गरेको क्षेत्रमा तटबन्धको काम तिब्र पार्न निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ । कटान क्षेत्रमा आगामी आर्थिक बर्षबाट दिर्घकालिन योजनाका साथ तटबन्धनका काम हुने समेत उनले प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष प्रचण्डले देशभर भएका बाढी र पहिरोका घटनाबाट आफु दुखित भएको र पीडितको उद्धार र राहातका लागि सरकार लागि परेको बताएका छन् । यसबारे आफुले प्रधानमन्त्री केपी ओलीलाई भेटेर प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहातको कामलाई तिर्व पार्न ध्यानाकर्षण गराउने समेत प्रचण्डले बताएका छन् ।
चितवनको बाढी ग्रस्त क्षेत्रको प्रचण्डको निर्वाचन क्षेत्र पनि अन्तर्गत पर्दछ ।












