ऐश्वर्या राय र छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि

भारत । बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना देखिएपछि उनको परिवारको कोरोाना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुको पहिलो पटक गरिएको परिक्षणमा रिपोर्ट नेगेटिभ आएपनि दोश्रो पटक गरिएको परिक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । कलाकार जया बच्चन भने होम क्वारेन्टाइनमा नै रहनेछिन् ।

उनीहरुमा कारोनाको सामान्य लक्षण रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार