नेपाल आइडलको टप ४ को लागि रविले गाए, पृय तिम्रो सम्झना, भोटको अपिल(भिडियोसहित)

काठमाडौं । ‘नेपाल आइडल सिजन -२’  अन्तर्गत विहिबार भएको प्रतिस्पर्धामा धनगढीका रवि ओडंले आर्कषक प्रस्तुती दिएका छन ।

उत्कृष्ट ४ का लागि विहिबारको कार्यक्रममा रविले “सुरेश अधिकारीको पृय तिम्रो सम्झना, भविष्यको कल्पना ”, बोलको गीत गाएका छन । जुन प्रस्तुतीलाई दर्शले अत्याधिक मन पराई हुटिङ गरेका छन ।

कार्यक्रममा अतिथि जजका रुपमा उपस्थित लोकपृय संगीतकार अर्जुन पोखरेलले समेत रविको गायकीको उच्च मुल्याङ्कन गर्दै उज्जवल भविष्यको कामना गरेका छन । कार्यक्रमका जजहरु न्यु बर्जाचार्य, कालीप्रसाद बास्कोटा, इन्द्रिरा जोशीले पनि रविको प्रस्तुती उत्कृष्ट भनेका छन ।

सुदूरपश्चिमबाट एक्लो प्रतिस्पर्धीका रुपमा रहेका रविले आफ्नो आगामी यात्राका लागि भोट गर्न सबैलाई हार्दिक अनुरोध समेत गरेका छन ।
रवि ओडलाई भोट गर्नका लागि मोबाइलको Message Box मा गई १० टाईप गरी ३१००९ मा सेन्ड गर्नुपर्नेछ । साथै विदेशमा रहेकाहरुले रविलाई Rise and respect app डाउनलोड गरी भोट गर्न सक्नेछन ।

नेपाल आइडलको विहिबारको प्रस्तुतीमा ५ जना प्रतिस्पर्धीले आफ्नो प्रस्तुती दिएका थिए ।

बिहिबारको प्रस्तुतीमा आफुलाई मन परेको प्रतियोगीहरुलाई भोट गर्नका लागि दर्शकलाई भोली (शुक्रबार) दिउसो १२ बजेसम्मको समय अवधी दिइएको छ भने नतिजा शुक्रबारको नेपाल आइडलमा घोषणा गरिनेछ ।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार