काठमाडौ । नेपालबाट मधेस अलग हुनुपर्छ भन्दै देश टुक्र्याउने अभियानमा लागेका सिके राउत जेल चलान भएका छन । उनलाई राज्य विरुद्धको संगठित अपराध मुद्दामा जेल चलान गरिएको हो ।
जिल्ला अदालत, रौतहटले उनलाई बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो ।
यसअघि उनिबारे परेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।
गत सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलासले उक्त रिट खारेज गर्दै राउतलाई राज्यविरुद्धको संगठित कुसर मुद्दामा बयानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाउन आदेश दिएको थियो ।
गत असोजमा २१ गते राउत रौतहटबाट पक्राउ परेका थिए । उनको परिवारले कात्तिक १२ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।