
अछाम । कुकुरलाई लखेट्दै घर भित्र पसेको चितुवा अछाममा मरेको भेटिएको छ। जिल्लाको साँफेवगर नगरपालिका ५ नवाठानास्थित कैलाश कुँवरको घरभित्र पसेको चितुवा मरेको भेटिएको हो ।
कुकुरलाई लखेट्दै चितुवा घरभित्र पसेपछि अँध्यारोमा कुँवरका परिवारले बाघ ठानेर झ्याल फुटाएर बाहिर निस्केका थिए। उनीहरुले
बाघ पसेको भन्दै नगरपालिकालाई खबर समेत गरेका थिए ।
उनको घरमा बसेको चितुवालाई नेपाली सेना, नेपाल प्रहरी, वन कार्यालयका कर्मचारी लगायतको टोलीले सात घण्टापछि निकालेका थिए । चितुवा घरभित्रै मरेको भेटिएको थियो ।
मृत चितुवाको मुचुल्का तयार पारेर पोष्टमार्टमका लागि जिल्ला पशु तथा भेटेनरी कार्यालय लगि लगिएको प्रहरीले जनाएको छ ।










