मायालु तिमी कता छौं, पछि राजनराज शिवाकोटी र स्मिता दाहालको सिरिरि…सार्वजनिक


काठमाण्डौं । मायालु तिमी कता छौं गीतको अपार सफलतापछि गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका स्मिता दाहालको सिरिरि सिरिरि कति मिठो हावा….बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

मायालु तिमी कता छौं भाग दुई भनेर आएको सिरिरि बोलको गीतमा शब्द दिनेश थपलियाको रहेको छ भने संगीत राजन शिवाकोटीको रहेको छ ।

गीतको एरेञ्ज साहश शाक्यले गरेका छन् । बिहीबार दिउँसो गज्जब टिभी यूट्युब च्यानलमार्फत सार्बजनिक भएको गीतमा नायक पल शाह र नायिका स्वास्तिका खड्काले अभिनय गरेका छन् ।

बाल कलाकारमा एगेंल राई र अर्बिन खड्का लगायतका रहेका छन् । काठमाडौंको रमणिय क्षेत्र गोर्कण लगायतका ठाउँमा छायांकन गरिएको हो ।

यसअघि मायालु तिमी कता छौं गीतले निकै लोकप्रियता पाएको थियो । यस गीतमा पनि दिनेश थपलियाको शब्द, राजनराज शिवाकोटीको संगीत रहेको थियो ।

गीत हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार