
काठमाडौं । सलह किराको ठुलो झुण्ड कंचनपुर पुगेको छ । जिल्लाको दक्षिण पुर्बी क्षेत्रमा सलह किराको ठुलो झुण्ड देखिएको स्थानियले बताएका छन् ।
बिहीबार अपराह्न् जिल्लाको पुर्नबास नगरपालीका १० र लालझाडी गाउँपालीकाको सिमा क्षेत्रमा ठुलो झुण्डमा सलह आएर बालीनालीमा क्षती गरिरहेको लालझाडी गाउँपालीका १ नौरंगाका गोविन्द रानाले अनमोलपोस्टलाई बताए ।
हालै रोपेको धान, मकै र फलफुलकमा सयौंको संख्यामा रहेका सलहहरुले क्षती पुराइरहेकाले अहिले स्थानियहरुले थाल, ड्रम, मादलहरु बजाएर भगाइरहेको उनको भनाई छ । स्थानिय कृषकहरुका अनुसार सलहको झुण्ड पश्चिमतर्फ गइरहेको छ ।
भारत हुँदै दोस्रो पटक नेपाल छिरेको सलहको ठुलो झुण्ड पछिल्लो पटक दाङ, प्युठान लगायतका क्षेत्रमा देखिएको थियो । पहिलो पटक पर्सा, सर्लाही बुटवल हुँदै काठमाडौंसम्म देखिएको सलह कमजोर र सानो संख्यामा रहेकाले ठुलो क्षती गर्न नसकी फर्किएको थियो । विज्ञकाअनुसार दोस्रो पटक नेपाल छिरेको सलकले क्षती पुर्याउन सक्नेछ ।
सलहलाई बालीनालीबाट भगाउनका लागि ठुलो ध्वनी आउनेगरी थाल, ड्रम, मादल, घण्ट, होहल्ला गरेर, आगो बालेर भगाउन सकिने विज्ञहरुले सुझाव दिएका छन् ।










