कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २०० पुग्यो


काठमाोडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण देशबाहीर रहेका नेपालीहरु पनि प्रभावित भएका छन् । कामको सिलसिलामा विश्वका विभिन्न देशमा गएका नेपालीहरु कोरोनाबाट प्रभावित भएका हुन् ।

अहिलेसम्म देश भित्र भन्दा देश बाहिर रहेका नेपालीहरुले कोरोनाबाट ज्यान गुमाएका छन् । विश्वभर अहिलेसम्म दुई सय नेपालीले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

गैरआवासीय नेपाली संघका अनुसार कोरोनाबाट यो साता मात्रै १६ जनाले विभिन्न देशमा ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउने नेपालीहरुको संख्या दुई सय पुगेको छ ।

(एनआरएनए) का अनुसार २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार जम्मा कोराना संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

विदेशमा ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघ, नेपाल सरकार र कूटनीतिक निकायको पहलमा विभिन्न २५ मुलुकबाट अहिलेसम्म २९ हजार ७ सय ८० जना नेपालीको उद्धार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार