
काठमाडौं । नायिका उषा पौडेल र नायक सुधांशु जोशीले वैवाहिक सम्बन्ध तोडेका छन् । विहे गरेको तीन वर्षपछि यो जोडीले वैवाहिक सम्बन्ध तोडेको हो ।
अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि अलग–अलग बस्दै आएका छन् । ६ महिनादेखि सुधांशु भर्जिनियामा बस्दै आएका छन् भने उषा बाल्टिमोरमा बस्दै आएकी छिन् । भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए ।
उषा र सुधांशुले बिहे दर्ता भने गरेका थिएनन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि उनीहरुबीच कलह सुरु भएको स्रोतले बताएको छ ।
आज नायिका उषा पौडेलको जन्मदिन हो । तर, सुधांशुले उनलाई जन्मदिनको शुभकामना दिएका छैनन् । उनले सामाजिक संजालमा आफ्नी आमालाई जन्मदिनको शुभकामना दिएका छन् । साथै, उनले एउटा टिकटक भिडियो पोष्ट गरेका छन् ।
यता, नायिका उषा पौडेलको जन्मदिनमा उनका साथीहरुले सरप्राइज दिदै मध्यरातमा नै केक काटेका छन् । उषाले सरप्राइज केक भन्दै साथीहरुलाई धन्यवाद दिएको भिडियो र फोटो सामाजिक संजालमा पोष्ट गरेकी छिन् ।
करिब ३ बर्ष अगाडि यो जोडीले अमेरिकामा नै बिहे गरेको थियो ।














