कैलाली । दार्चुलामा पहिरोमा पुरिएर आमा–छोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका ६ का ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरती रहेका छन् ।
गएराती परेको अविरल बर्षापछि आएको पहिरोले घर भत्काउँदा आमा छोरी पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।










