अक्सफोर्ड विश्वविद्यालयले बनायो कोरोनाविरुद्धको भ्याक्सिन, डब्ल्यूएचओले दियो बधाई


काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले कोरोनाविरुद्धको भ्याक्सिन बनाएका छन् । उनीहरुले बनाएको भ्याक्सिन परीक्षण गर्दा आशालाग्दो देखिएको छ ।

भ्याक्सिन निर्माण गरेको भएपनि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको बताइएको छ । कोरोना संक्रमण पछि विभिन्न देशका वैज्ञानिकहरु भ्याक्सिन बनाउनमै रातदिन काम गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएको भन्दै भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई धन्यवादका साथै बधाइसमेत दिएको छ ।

तर, फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ ।

जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा। माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भने, ‘यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार