काठमाडौँ । केही दिनदेखि उकालो लाग्दै गरेको सुनेको मूल्य बुधबार हालसम्मकै उच्च भएको छ । एकै दिन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको पनि भाउ तोलामै ९५ रुपैयाँ बढेर प्रतितोला १ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।










