ओली र देउवाबीच बालुवाटारमा भेट, के भयो छलफल ?

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा समसामयिक बिषयमा छलफल भएको हो ।

भेटमा सभापति देउवाले लकडाउन अन्त्य भएको अवस्थामा कोरोना नियन्त्रणका लागि रणनीति बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । साथै देशका विभिन्न क्षेत्रमा बाढी पहिरो र डुबानमा परेका जनताको उद्धार, राहात र पुर्नस्थापनाका लागि देउवाले प्रधानमन्त्रीको विशेष ध्यानाकर्षण गराएको देउवाको सचिवालयले जनाएको छ ।

लकडाउन खुलेपनि जोखिम कायमै रहेकाले कोरोना रोकथाम र नियन्त्रणका लागि नयाँ र विशेष रणनीति बनाउन देउवाले पार्टीको तर्फबाट माग समेत गरेका छन् ।

आरडिटी जाँच रोकेर पीसीआर प्रविधिबाट मात्रै परीक्षण गर्न आग्रह गर्दै देशका क्वारेन्टाइनलाई अझै मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा सभापति देउवाले आपत्ति प्रकट गरेको काँग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार