सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला बनिन् सांसद


काठमाडौं । सरिता गिरीको ठाँउमा लीलादेवी सिटौला प्रतिनिधिसभा सदस्य बनेकी छन् । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सिटौलालाई सदस्य निर्वाचित भएको घोषणा गरेको हो।

समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । सोहि अनुसार उनी सांसद बनेकी हुन ।

सरिता गिरीले देशको सीमा, नक्सा लगायतका अति नै महत्वपुर्ण बिषयमा देशको विपक्षमा उभिएका कारण उनलाई पार्टीले संसद र साधारण सदस्यबाट हटाएको थियो ।

नयां नक्सालाई देशको निशान छापमा राख्नका लागि उनको दल जनता समाजवादी पार्टीले संविधान संशोधनलाई पुर्ण समर्थन गरेपनि गिरीले विपक्षमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन । त्यसपछि उनको पार्टी जसपाले ह्वीप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो ।

गिरीले संसद र विभिन्न मिडियामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नभएको र नयां नक्सा जारी गर्न भारतलाई सोध्नु पर्ने लगायतका राष्ट्रविरोधी अभिब्यक्ति दिएकी थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार