राखेपको सदस्यसचिवमा पुनः सिलवाल नियुक्त


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा पुनह रमेश सिलवाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी चार वर्षको लागि सिलवाललाई राखेप सदस्यसचिवमा नियुक्त गरेको बालुवाटार स्रोतले बताएको छ ।

पदमुक्त भएको झन्डै तीन सातापछि सिलवाल पुनः सदस्यसचिवमा नियुक्त भएका हुन् ।  खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा मन्त्री जगतबहादुर विश्वकर्माले नियुक्त गरेका खेल विज्ञद्वय रिम रानाभाट र इन्दिरा निरौला सम्मिलित समितिले २५ प्रतिस्पर्धी मध्येबाट सिलवालसहित भलिवलकी पूर्वकप्तान अन्जु श्रेष्ठ र भलिवल संघका पूर्व उपाध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापामगरको नाम मन्त्रालयमा सिफारिस गरेको थियो । त्यसमध्ये सिलवाललाई नियुक्ति गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार