
काठमाडौं । पहिरोमा पुरिएर दार्चुलामा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दहुँ गाउँपालिका ३ सल्लीका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया श्रीमती इन्द्रा जोशी रहेकी छन् ।
गएराति पहिरोले घर पुर्दा उनीहरु बेपत्ता भएका छन् भने उनका २१ वर्षीय छोराले भागेर ज्यान बचाएका छन् । बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।










