नेकपा स्थायी समिति बैठक स्थगित, अर्को बैठक कहिले बस्ने टुंगो छैन


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो ।

पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

यसअघि साउन ६ गते बसेको स्थायी कमिटी बैठक बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा जुट्ने प्रस्ताव पास गर्दै स्थगित गरिएको थियो ।

नेकपाका स्थायी समिति बैठक अब कहिले बस्ने भन्ने टुंगो लागेको छैन् । दुई अध्यक्षबीच छलफल भएपछि मात्र स्थायी कमिटीको बैठक बस्ने सहमति भएको छ । तर दुई अध्यक्षले भने सहमति गर्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार