बलिउड नायिका ऐश्वर्या र छोरी आराध्याले जितिन कोरोना, अमिताभ अस्पतालमै


भारत । बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्या अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनका पछिल्ला रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

उनहरुले कोरोना जितेको कुरा नायक अभिषेक बच्चनले ट्विटमार्फत जानकारी दिएका छन् ।  अभिषेकले लेखेका छन्–‘सबैको आर्शिवादका लागि धन्यवाद । ऐश्वर्या र आराध्यको रिपोर्ट नेगिटिभ आएको छ । उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । म र मेरो पिता मेडिकल स्टाफको निगरानीमा छौं ।’

कोरोना संक्रमण भएपछि ४६ बर्षिया ऐश्वर्या र ८ बर्षकी आराध्या जुलाई १७ मा अस्पताल भर्ना भएकी थिइन् । पछिल्ला रिपोर्ट नेगेटिभ आएपछि उनीहरु नानावती अस्पतालबाट १० दिनमा डिस्चार्ज भएको बताइएको छ । तर ऐश्वर्याका पति अभिषेक र ससुरा अमिताभ बच्चन भने अस्पतालमै रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार