राप्रपाले अझै पनि राजतन्त्र र हिन्दु राष्ट्रको कुरा गरेकाले काँग्रेसमा आए : थापा


काठमाडौँ । अझै पनि राजतन्त्र र हिन्दु राष्ट्रको कुरा गरेकाले राप्रपा त्यागेर काँग्रेस प्रवेश गरेको नेता सुनीलबहादुर थापाले बताएका छन् ।
मंगलबार आफुसंगै राप्रपाका एघार केन्द्रीय सदस्य लिएर काँग्रेस पार्टी कार्यालय सानेपामा पार्टी प्रवेश गर्दै थापाले संघिय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थामा सहभागी भइ चुनाव लड्ने तर यहि ब्यवस्थाविरुद्धमा लाग्ने राप्रपाको राजनीति ठिक नभएको बताए ।

थापाले राप्रपासँग आफ्नो सैद्धान्तिक विमति रहँदै आएको र सहमती हुने कुनै छाँट नदेखिएपछि पार्टी नै परित्याग गरेको बताएका छन् ।
राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्रको मागलाई उठाएर अगाडि बढ्ने राजनीतिक योजना अगाडि सारेकोमा थापाले विगतदेखि नै असहमति जनाउँदै आएका थिए ।

थापासहितका टोलीलाई काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार