
बाजुरा । मङ्गलबार रातिदेखिको निरन्तर वर्षाका कारण बाजुरामा पहिरोले एक घर बगाएको छ । जिल्लाको त्रिवेणी नगरपालिका ९ ताम्सुमा पहिरोले एक घर बगाएको हो ।
त्यस्तै पहिरोका कारण पाँच घर जोखिममा रहेका छन् । उक्त गाउँमा ५० घरपरिवार बसोबास गर्ने भएकाले पहिरो नरोकिए गाउँनै जोखिममा पर्ने स्थानीयले बताएका छन् ।
लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो गएपछि साँफे मार्तडी सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।










