
काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन् । बुधबार
सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा उनलाई सपथ गराएका हुन् ।
समाजवादी पार्टीले सरिता गिरीलाई कारबाहीमा गरेपछि सिटौलालाई समानुपातिक पद्धतितर्फबाट सांसद बनेकी हुन् । सिटौला ललितपुर महानगरपालिका १३ कि हुन् ।
निर्वाचन आयोगले पनि पार्टीको निर्णयअनुसार उनलाई सांसद पदमा निर्वाचित भएको घोषणा गरेको थियो ।










