प्रधानमन्त्री ओलीले भने, ‘सबैतिर थामी नसक्नु, रोकी नसक्नु भ्रष्टाचार छ,

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सबैतिर थामी नसक्नु, रोकी नसक्नु भ्रष्टाचार रहेको बताएका छन ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आइतबर आयोजित कार्यक्रममा उनले भने, “भ्रष्टाचार गर्छु भनेर कसैले पनि भन्दैन, सबैले शून्य सहनशीलताकै कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन भनेर बेला बेला प्रवचन पनि दिन्छन, तर भ्रष्टाचार थामी नसक्नु छ, रोकी नसक्नु भएको भइछ, यो ज्यादै डरलाग्दो छ ।”

भ्रष्टाचार पाप भएको भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी ढङ्गले अघि बढ्ने समेत बताए ।

समृद्ध, र सुसङ्गत समाज निर्माणको परिकल्पना र प्रयासमा लागि पर्दा भ्रष्टाचारले ठूलो बाधा पु¥याइरहेको छ प्रधानमन्त्री ओलीले भने, “संयुक्त राष्ट्रसङ्घले समृद्ध, शान्त, खुशी मानव समाज निर्माणमा बाधा पु¥याइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न विश्वव्यापी रुपमै अघि बढाएको साझा प्रयासलाई नेपालले सहयोग र समर्थन गर्दै आएको छ ।”

आत्मअनुशासित, कानूनको परिपालना गर्ने मानव जाति आफू नैतिक एवं इमान्दारको स्वबन्धनमा नबाँधिएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार