सरकारका मन्त्री नै भन्छनः हाम्रो कार्यशैली ‘लकिरका फकिर’ भयो, अपडेट गरौं


काठमाडौं । सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफुहरुको कार्यशैली उपलब्धीपुर्ण नभएको बताएका छन् ।
शुक्रबार मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले आफुहरुको कर्यशैली ‘लकिरका फकिर’ जस्तो भएको टिप्पणी समेत गरेका छन् ।

अहिलेको आवश्यकता व्यवहार, सोच र योजना ‘अपडेटेड’ गरेर आगाडी बढ्नुपर्ने उनको भनाई थियो ।

‘‘हाम्रो कार्यसम्पादन शैली ‘लकिरका फकिर’ जस्तो भयो । अहिलेको आवश्यकता भनेको व्यवहार, सोच र योजना बेला बेला अपडेटेड गर्ने हो । त्यस्तो गर्न सकिएन भने व्यवहार, नीति र योजनाहरु आउटडेटेड हुन्छन् । क्रिएटिभ ढंगले अगाडी बढ्न सकिएन भने त्यसले परिणाम दिन सक्दैन,” उनले भने ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगति हुन नसकेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार