
कञ्चनपुर । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट कञ्चनपुरको बेलौरीमा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको बेलौरी नगरपालिका ७ भगतपुरकी ५५ वर्षीय बेलु खाती रहेकी छन् ।
त्यस्तै आक्रमणमा परी उनका ६२ वर्षीय श्रीमान धनश्याम खाती गम्भिर घाइते भएका छन् ।
घाइते खातीको धनगढीमा उपचार भइरहेको छ । घटनामा संलग्न भएकाहरुको पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा सोधपुछका लागि उनका छोरा राजेश र स्थानीय दिनेश रानालाई पक्राउ गरेको छ ।










