निर्मलाको आज जन्मदिन, आत्माशान्तीका लागि धर्नास्थलमै पुजाआजा, शतबुद्धि आओस भन्दै सिडिओ र एसपीलाई प्रसाद

कंचनपुर । बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ बर्षिय निर्मला पन्तको आत्मशान्तीका लागि  पुजाआजा सहित हवन गरिएको ।मंसिर २६ गते बुधबार निर्मलाको जन्म दिनको परेको अवसरमा उनको आत्म शान्तीका लागि जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेट अगाडी पुजाआजा सहित हवन गरिएको हो ।

बलात्कारपछि निर्मलाको निर्ममढंगले हत्या गरिएको र अहिलेसम्म न्याय नपाइएकाले उनको आत्मा शान्तीका लागि पुजाआजासहित हवन गरिएको आमा दुर्गादेवीले अनमोलपोस्टलाई बताइन । आमा दुर्गादेवीका अनुसार निर्मलालाई आज १३ बर्ष पुरा भएको छ ।

पुजाआजासहित हवन गरिएको प्रसाद पीडितलाई न्याय दिलाउने सतबुद्धि आओस भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई दिइएको अधिकारकर्मी भुमि फुलाराले जानकारी दिइन ।

निर्मलाको आत्मशान्तीका लागि गरेको पुजाआजाको प्रसाद बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका अधिकारकर्मीहरुले सिडिओ र एसपीलाई भेटी निर्मलाका हत्यारा सार्बजनिक गर्न आग्रह गरेको अधिकारकर्मी सारदा चन्दले बताइन ।

सिडिओ र एसपीले आफुहरु दोसी पक्राउ गर्न लागि परेको र अनुसंन्धान जारि रहेको बताएको उनको जानकारी दिइन ।

निर्मलाको हत्यारा पक्राउ गर्नुपर्ने भन्दै गत कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा पीडित र अधिकारकर्मीहरुको अनसन जारि नै छ । यता, छोरीको न्याय माग्दै गर्दा आफ्नो नै ज्यान जोखिममा परेका निर्मलाका बुवा यज्ञराजको त्रिवि शिक्षण अस्पतालमा उपचार जारि छ ।

यद्यपी, निर्मलाको हत्यारा भने अझै पक्राउ पर्न सकेको छैन । पछिल्लो समय हत्यामा संलग्न भन्दै प्रहरीले कंचनपुर र काठमाडौंबाट तीनजानालाई पक्राउ गरि अनुसंन्धान गरिरहेको छ । निर्दोस ब्यक्तीहरु प्रहरीले पक्राउ गरि नक्कली हत्यारा सावित गराएर फसाउन खोजिएको भन्दै जनस्तरबाट बिरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार