बालुवाटारमा प्रधानमन्त्रीलाई कोरोना विज्ञको सुझाव : लकडाउन गरौं, नत्र भयावह हुनसक्छ


काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विज्ञसँग छलफल गरेका छन् । उनले मंगलबार आफ्नै निवास बालुवाटारमा जनस्वास्थ्य विज्ञलाई बोलाएर छलफल गरेका  हुन् ।

छलफलमा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना संक्रमणको दर बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले अहिलेकै अवस्थामा लकडाउन गरिएन भने सक्रमण झन् बढ्दै जाने बताए ।

उनीहरुले प्रधानमन्त्रीलाई संक्रमण बढ्दै गएकाले लकडाउन गर्न सुझाब दिएका छन् । समयमै लकडाउन गरिएन भने थप भयावह हुनसक्ने भन्दै लकडाउन गर्न सुझाव दिएका छन् ।

छलफलमा सहभागी धेरै  विज्ञहरूले लकडाउन गर्नुको विकल्प  नभएको धारणा राखेका थिए । त्यसैले सरकारले समयै यो विषयमा ध्यान दिएर प्रभावित क्षेत्रमा तत्काल लडाउन गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले पनि कोरोना संक्रमण बढ्दै गएका ठाउँको अवस्थाबारे विज्ञसँग छलफल गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार