साउदीअरब । साउदी अरबका युवराज मोहम्मद–बिन सलमानले देशको पहिलो परमाणु रियाक्टर बनाउने योजनाबारे घोषणा गरेका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सीले यसबारे जानकारी दिएको हो ।
समाचार एजेन्सी एफपीका अनुसार युवराज सलमानले सोमबार यो योजनाको आधारशीला पनि राखेका छन् ।
यद्यपी, यो रियाक्टर कस्तो हुनेछ यसबारे साउदी प्रेस एजेन्सीले कुनै जानकारी दिएको छैन । उदाहरणका लागि यसको प्रयोग अनुसन्धान, विकास र शैक्षिक क्षेत्रमा गरिने भन्ने बारे कुनै जानकारी उपलब्ध छैन ।
कच्चा तेलको सबैभन्दा ठूलो निर्यातकर्ता साउदी अरब तीब्र रुपमा बढिरहेको आफ्नो ऊर्जा आवश्यकतालाई अहिले तेल र प्राकृतिक ग्यासले पूरा गर्छ । साउदी अरबको अबको दुई दशकमा १६ परमाणु रियाक्टर बनाउने योजना छ जसमा लगभग ८० अर्ब डलर खर्च हुने अनुमान छ ।
-बिबिसि