
लेबनन । लेबननको राजधानी बेइरुतमा शक्तिशाली विष्फोटन भएको छ । विस्फोटनमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ भने चार हजार भन्दा बढी घाइते भएका छन् ।
लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको हो । राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य रहेको बताएका छन्।
अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रसायन हो। राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेको खबर बीबीसीमा छ ।
विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ। विष्फोटमा परी घाइते भएकाहरुले गर्दा त्यहाँका अस्पताहरु भरिएका छन् । विष्फोटले गर्दा दर्जनौं भवनहरु ध्वस्त भएका छन् ।












