थप ३६० जनामा कोरोना पुष्टि, २३३ डिस्चार्ज


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ भण्टामा देशका विभिन्न अस्पतालबाट कोरोना निको भएर २३३ जना डिस्चार्ज भएका भने हालसम्म कोरोना निको हुनेको संख्या १५ हजार ३८९ रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेके संख्या ६५ रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार