काठमाडौं । नेपालले टी २० सिरिज जितेको छ । तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी २० सिरिज जितेको हो।
वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी २० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
यो जित सँगै क्रिकेटमा अर्को इतिहास रचेको छ ।