सप्तरी । सशस्त्र संघर्ष गर्दै आएको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का नेताअरुले हतियार बुझाएका छन ।
उसका अधिकांश नेताहरुले बुधबार जिल्ला प्रशासन कार्यालय राजविराजमा आत्मसम्पर्ण गरि हतियार बुझाएर शान्तीपुर्ण राजनीतिमा सामेल हुने बताएका छन ।
सो समुहका अविनाश भनिने उपेन्द्र यादवसहित ११ जना केन्द्रीय सदस्यले वार्ता टोलीसमक्ष १३ थान हतियार बुझाएका हुन ।
समुहका अविनाशसहित प्रदीप भनिने नथुनी यादव, रोशन भनिने रामपुकार साह, कमल भनिने योगेन्द्र यादव, भगत सिंह भनिने भवानीप्रसाद अगरिया यादव, बद्री यादव, राहुल भनिने मो सफिर, सञ्जय भनिने देवेन्द्र खड्गा, सञ्जयकुमार यादव, शङ्कर भनिने सञ्जयकुमार यादव र फूलबाबु भनिने फूलकुमार यादव सार्वजनिक भएका छन ।
समुहका नेता कार्यकर्ताहरुले सरकारबाट गठित वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेय, सदस्य सुरेश आले मगर र ताराकान्त चौधरीलाई १० थान कटुवा पेस्तोल, एक थान लामो नाल भएको कटुवा, दुई थान रिभल्बर, १२ थान गोली र एक थान डेटोनेटर बुझाएको बार्ता टोली संयोजक सोमप्रसाद पाण्डेयले जानकारी दिए ।
उनका अनुसार सो समुहले राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित सुरक्षा सम्बद्ध निकायका प्रमुख, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, अधिकारकर्मी र सञ्चारकर्मीहरुको उपस्थितिमा हतियार बुझाएका थिए । गोइत नेतृत्वको १५ सदस्यीय केन्द्रीय कमिटीका ११ जनाले गत जेठ ५ गते राजनीतिक वार्ता टोलीसँग वार्ता गर्ने निर्णय गर्दै गत असोज ६ गते लहानमा ६ बुँदे सहमति गरेका थिए।
गाइत जस्तै अन्य केहि भुमिगत समुहहरुसंग पनि सरकारले बार्ताको प्रयास गरिरहेको जनाएको छ । गोइत सुमहले बिषेशगरि, तराई क्षेत्र र पुर्बी क्षेत्रमा आफ्ना गतिबिधीहरु संचालन गर्दै आएको थियो ।