रौतहट । सरकारले किसानलाई दिने अनुदानको मल खरीदमा कालोबजारी भएको छ । जिल्लामा स्थानीय निकायले लापरवाही गर्दा किसानलाई मल खरीदमा समस्या भएको हो ।
नियमनकारी निकायको अनुगमनको अभाव र स्थानीय निकायले ध्यान नदिएकै कारण जिल्लाका किसानहरु मलखाद खरीद गर्दा ठगिन बाध्य भएका हुन् ।
किसानका अनुसार जिल्लाको १६ नगरपालिका र दुई गाँउपालिका गरी १८ स्थानीयतहमा अनुदानको मलखादमा कालोबजारी भइरहे छ ।
सस्तो र सुलभ तरिकाले मलखाद प्राप्त होस् भन्ने उद्देस्यका साथ सरकारले साल्ट ट्रेडिङ वीरगंज र कृषी सामग्री संस्थान चन्द्रनिगाहपुरलाई वितरणको जिम्मा दिएको छ ।
तर युरिया, कम्पलेक्स, पोटाँस, कृषी चुन लगायतका अनुदानको मल जिल्लाका अधिकांश सहकारी तथा पसलेले सरकारी दरमा दरिद गरी स्थानीय बजारमा ल्याएर बढी भाउमा बेच्दै कालोबजारी गरेका खबर राताेपाटीमा छापिएको छ ।
सरकारी अनुदानमा सात सय ४० मा पाइने युरिया मल एकहजार देखि एकहजार ५० प्रतिबोरा र प्रतिबोरा २१ सय ९० पर्ने डिएपी प्रतिबोरा २५ सय देखि २५सय ५० सम्ममा बिक्री गर्ने गरिएको बताइएको छ ।










