
डोटी । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कँग्रेसबाट अध्यक्षमा भैरवबहादुुर साउँद र उपाध्यक्षमा कुमारी विष्ट विजयी भएका छन् । अध्यक्षमा साउँदले २ हजार ३ सय ४३ प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्र घर्तीमगरले १ हजार ६ सय ८४ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा कांग्रेसकी विष्टले २ हजार ४ सय ७ मत ल्याएकी थिइन् भने उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेकी सपना सिराडीले २ हजार २ सय ७६ मत प्राप्त गरेकी थिइन् ।
पाँच वडा रहेको गाउँपालिकामा कांग्रेसले २ वडा जितेको छ भने दुई वटामा एमाले र एक वडामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन् ।
वडा- १ मा कांग्रेसका उम्मेदवार डम्मरबहादुर बोहराले ५३० मतका साथ वडाध्यक्षमा विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका धनसिंह बोहराले २८७ मत प्राप्त गरे ।
वडा- २ मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार प्रेमबहादुर घर्तीमगर ४०५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका नवराज विष्टले २६० मत प्राप्त गरे ।
वडा- ३ मा कांग्रेसका रामबहादुर गुरुङ्गले ५६२ मतका साथ विजयी भए भने उनको प्रतिस्पर्धी एमालेका नन्दराम बुढामगरले चार सय ९८ मत पाए ।
यस्तै, वडा- ४ मा एमालेका कर्णबहादुर जेठारा ५३२ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी निवर्तमान वडाध्यक्ष बिरेन्द्रबहादुर कोट्केनीले ४६८ मत प्राप्त गरे ।
त्यस्ते वडा -५ का एमालेका पदमसिंह बोहराले ६५८ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका टोपबहादुर चन्दले ६ १४ मत प्रप्त गरे। ०७४ को स्थानीय तहको निर्वाचनमा पनि बडीकेदार गाउँपालिकामा कांग्रेसले नै जितेको थियो ।












